उडिरहेको बुद्ध एयरमा सोनम सुधाले मनाइन् जन्मोत्सव

उडिरहेको बुद्ध एयरमा सोनम सुधाले मनाइन् जन्मोत्सव


ग्लोब नेपाल
15.3k
Shares

विराटनगर । विराटनगरबाट बुधबार राति ८:२० मा काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजमा सोनम सुधा झाले जन्मोत्सव मनाइन् । उडान नं. U४ ७१८ जहाजमा उडेको १० मिनेटपछि एयर होस्टेजले सबैलाई अच्चमित पार्दै उद्घोष गरिन्- ‘आज यस फ्लाइटमा सवार यात्री सोनम सुधा झाज्यूको जन्मदिन परेकाले उहाँलाई जन्मोत्सवको शुभकामना व्यक्त गर्दछौं ।’

त्यसपछि जहाजको सिट नं. १४ र १५ ‘सि’ मा सवार नवदाम्पत्य नवनित झा र सोनम सुधा झाले आफूसँगै ल्याएको केक काटदै जन्मोत्सव आकाशमै मनाए । केक काटेसँगै उडानमा रहेका यात्रुहरुले ताली बजाएर उनलाई जन्मोत्सवको शुभकामना दिए।

यात्रामा सवार सोनम सुधा झाका दाजु प्यूष झा भने बहिनीको आजको जन्मोत्सव विशेष भएकोमा मख्ख थिए । सोनम सुधा झालाई ग्लोब नेपालको तर्फबाट पनि जन्मदिनको मंगलमय शुभ कामना ।