प्रतिनिधि सभा बैठकमा आज नागरिकता विधेयक माथि छलफल हुने

प्रतिनिधि सभा बैठकमा आज नागरिकता विधेयक माथि छलफल हुने


ग्लोब नेपाल
54
Shares

काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा ‘नेपाल नागरिकता’ विधेयक २०७९ (पहिलो संशोधन)बारे छलफल गर्ने तयारी गरिएको संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूची छ । यसअघि हिजोको संसद बैठकमा उनले नागरिकता विधेयक पेस गरेका थिए ।

नेकपा एमालेका सांसदहरु भीमबहादुर रावल र शेरबहादुर तामाङ तथा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोध गरे पनि उनीहरूको विरोधको सूचना प्रतिनिधिसभाले बहुमतले अस्वीकृत गरेपछि गृहमन्त्री खाँणले विधेयक पेस गरेका थिए । प्रतिनिधि सभाको उपसभामुख चयनका लागि आज मनोनयन दर्ता हुँदैछ । आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । १ः३० बजे दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन गरिनेछ ।