गभर्नर अधिकारीलाई प्रधानमन्त्री देउवाले किन डाके बालुवाटार

गभर्नर अधिकारीलाई प्रधानमन्त्री देउवाले किन डाके बालुवाटार


ग्लोब नेपाल
216
Shares

काठमाडौं । प्रधानमन्त्रीले डाकेपछि राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारी बालुवाटार पुगेका छन् । बालुवाटार स्रोतका अनुसार अहिले गभर्नर अधिकारीले प्रधानमन्त्रीलाई बिफ्रिङ गरेका छन् ।

नेकपा एमालेको अर्थ विभागको सदस्यका रूपमा काम गरिरहेको भन्दै अधिकारीको एम अधिकारीका रूपमा चर्चा भइरहेको छ । सांसदबाटै उनलाई राजीनामा दिएर बाहिरिन सुझावसमेत आइसकेको छ । बालुवाटारले अधिकारीलाई देशको आर्थिक अवस्था र सार्वजनिक हुन लागेको मौद्रिक नीतिका विषयमा ब्रिफिङका लागि बोलाएको स्रोतले जनाएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि सो मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले लिएका छन् ।