आइजीपी बढुवाविरुद्धको मुद्दामा दुवैतर्फ जवाफी बहस सकियो

आइजीपी बढुवाविरुद्धको मुद्दामा दुवैतर्फ जवाफी बहस सकियो

केही समयमै फैसला आउने


ग्लोब नेपाल
2.8k
Shares

काठमाडौं । सर्वोच्च अदालतमा नेपाल प्रहरीको आइजिपी बढुवाविरुद्धको मुद्दाको आज शुक्रबार दुवैतर्फको जवाफी बहस सकिएको छ । टिफिन टाइमसम्म बहस सक्ने कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले आदेश गरेका थिए । टिफिन सकिएपश्चात् सर्वोच्च अदालतले फैसलाको प्रक्रिया अगाडि बढाउने बताइएको छ ।

कामु प्रधानन्यायाधीश कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ भइरहेको उक्त मुद्दाको पेसी पटक पटक हेर्दाहेर्दैमा राखेर सारिँदै आइएको थियो ।

विश्वराज पोखरेलले आफूभन्दा १७ महिना जुनियर एआईजीलाई आइजिपी बनाएको भन्दै गत वैशाख १९ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।