महिलालाई सामूहिक बलात्कार गरेकाे आराेपमा दुईजना पक्राउ

महिलालाई सामूहिक बलात्कार गरेकाे आराेपमा दुईजना पक्राउ


ग्लोब नेपाल
54
Shares

बारा । महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुईजना बालकलाई पक्राउ गरेको छ ।

बाराको आदर्श कोतवाल गाउँपालिका-१ स्थित आफ्नै गोठघरमा सुतिरहेकी ५६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा १५ वर्षीय र १७ वर्षीय किशोर छन् । २५ असारमा गोठघरमा एक्लै सुतिरहेकी महिलामाथि दुबैले बलत्कार गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई जबर्जस्ती करणीसम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी निगरानी कक्षमा राखिएको बारा प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।