थप २२९ जनामा कोरोना संक्रमण, संक्रिय संक्रमितको संख्या १ हजार २८४ पुग्यो

थप २२९ जनामा कोरोना संक्रमण, संक्रिय संक्रमितको संख्या १ हजार २८४ पुग्यो


ग्लोब नेपाल
54
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २९९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालाहरुमा ३ हजार ७१८ नमुना परिक्षण गर्दा थप २२९ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल सक्रिय संक्रमितको संख्या १२८४ पुगेको छ ।

जसमध्‍ये १ हजार ६४४ जनाको पीसीआर परीक्षण गर्दा १६१ जना र २ हजार ७४ जनाको एन्टिजेन परीक्षण गर्दा ६८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अअनुसार पछिल्लो २४ घण्टामा ४८ जना संक्रमणमुक्त भएका छन् ।

जसमध्‍ये १ हजार २४९ जना होम आइसोलेसनमा रहेका छन् भने ३५ जना संस्थागत आइसोलेसन र १४ जना आईसीयूमा छन् । यस्तै एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २१ हजार ९९६ पुगेको मन्त्रालयले जनाएको छ ।