पशुपतिनाथ मन्दिरमा जलहरी राख्‍दा ११ किलो सुन नै गायब: महालेखा

पशुपतिनाथ मन्दिरमा जलहरी राख्‍दा ११ किलो सुन नै गायब: महालेखा


ग्लोब नेपाल
108
Shares

काठमाडौं । पशुपति क्षेत्र विकास कोषका तत्कालीन पदाधिकारीहरूले पशुपति मन्दिरमा सुनको जलहरी राख्दा ११ किलो सुन नै गायब पारेको तथ्य महालेखा परिक्षकको प्रतिवेदनले सार्वजनिक गरेको छ ।

महालेखाको ५९ औँ प्रतिवेदनमा जलहरी राख्दा १० किलो ९ सय ६७ ग्राम सुन गायब भएको उल्लेख छ । त्यसबेलाको मूल्यअनुसार उक्त सुनको मूल्य ७ करोड ८६ लाख ४६ हजार रुपैयाँ बराबरको रहेको प्रतिवेदनमा भनिएको छ । जलहरी राख्ने समयमा कोषले नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड ११ हजारमा रुपैयाँ खरिद गरेको थियो ।

सुनमा अन्य धातु र रसायनको मिश्रण, तामा २ किलो ८ सय ९० ग्राम, चाँदी १ किलो २ सय ४९ ग्राम, जिंक १२ किलो ७ सय ५० ग्रामसमेत प्रयोग गरी १ सय ७ किलो ४ सय ९० ग्राम सुन कायम रहेको उल्लेख गरिएको थियो ।