चिकित्सा शिक्षा शुल्कमा साढे तीन प्रतिशतले बृद्धि: डाक्टर पढन ४१ लाख, नर्सिङलाई १० लाख

चिकित्सा शिक्षा शुल्कमा साढे तीन प्रतिशतले बृद्धि: डाक्टर पढन ४१ लाख, नर्सिङलाई १० लाख


ग्लोब नेपाल
0
Shares

काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाका सबै तह र बिद्यामा शैक्षिक सत्र २०७८/७९ समुह (ब्याच) का लागि नयाँ शुल्क निर्धारण गरेको छ ।

गत जेठ १७ बसेको आयोगको निर्णय अनुसार चिकित्सा शिक्षाका सबै तहमा र बिद्यामा ३.६ प्रतिशतले बृद्धी गरिएको उपसचिव मेघनाथ शर्माले जानकारी दिए । उपत्यका भित्र एमवीवीएस (डाक्टर) पढनका लागि ४१ लाख ६८ हजार ९० शुल्क निर्धारण गरिएको छ भने उपत्यका बाहिर डाक्टर पढन ४५ लाख ९५ हजार ७ सय २० शुल्क निर्धारण गरिएको छ ।

यस्तै, नर्सिङ पढनका लागि १० लाख निर्धारण गरेको आयोगले जनाएको छ ।

हेनुहोस्, शुल्कः