यूरोपमा तापमान वृद्धिले जनजीवन अस्तव्यस्त

यूरोपमा तापमान वृद्धिले जनजीवन अस्तव्यस्त


ग्लोब नेपाल
135
Shares

लण्डन । यूरोपमा तापमान वृद्धिका कारण जनजीवन अस्तव्यस्त भएको छ । बेलायतमा ‘रेड अलर्ट’ जारी गरिएको छ भने, राष्ट्रिय आपतकाल घोषणा गरिएको छ । बेलायतको इतिहासमै यसपटक सबैभन्दा बढी तापक्रम वृद्धि हुने बताइएको छ ।

मंगलबारसम्म लन्डन आसपासका क्षेत्रमा ४० डिग्रीभन्दा बढी तापक्रम वृद्धि हुने अनुमान गरिएको छ । अत्यधिक गर्मीका कारण ज्यानको खतरा हुनुका साथै गम्भीर प्रकृतिको रोगको समेत जोखिम हुनसक्ने बताइएको छ ।

मानिसहरूले आफ्नो दैनिकीमा परिवर्तन गर्नुपर्ने, पानी तथा बत्तीमा समस्या आउन सक्ने, मोबाइल फोनको नेटवर्कमा समस्या आउन सक्ने तथा सडक, रेल र हवाई सेवामा समेत ढिलाइ हुनसक्ने चेतावनी जारी गरिएको छ ।अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कनसमेत अनुरोध गरिएको छ ।

यता पोर्चुगल, स्पेन र दक्षिण पश्चिमी फ्रान्सका जंगलमा फैलिएको डढेलो नियन्त्रणको प्रयासमा हजारौं अग्नि नियन्त्रक जुटेका छन् । उत्तरी पोर्चुगलमा अग्नि नियन्त्रणमा खटिएका एक जना पाइलटको मृत्यु भएको छ ।

डढेलो प्रभावित हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरुले जनाएका छन । डढेलोका कारण सयौं हेक्टर जंगल नष्ट भएको छ ।