आजदेखि काठमाडौंमा कुहिने र नकुहिने फोहर अलग उठाइने

आजदेखि काठमाडौंमा कुहिने र नकुहिने फोहर अलग उठाइने


ग्लोब नेपाल
135
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि कुहिने र नकुहिने फोहर अलगअलग संकलन गर्दैछ । कुहिने फोहर आइतबार र बुधबार तथा नकुहिने फोहर सोमबार र शुक्रबार संकलन हुने महानगरपालिकाले जनाएको छ । महानगरले सोही अनुसार फोहरलाई स्रोतबाटै वर्गीकरण गर्न आग्रह गरेको छ ।

स्थानीयले फोहरलाई छुट्याएर नल्याएमा उक्त फोहोर पुनः घरमा नै फर्काउने समेत महानगरपालिकाले जनाएको छ । फोहर छुट्याउने जिम्मेवारी जसले फोहर उत्पादन गर्छ उसकै भएकाले यस्तो निर्णय गरिएको महानगरपालिकाको भनाइ छ ।

फोहरलाई स्रोतमा नछुट्याउने उत्पादकलाई प्रत्येक पटक ५ सय रुपैयाँ जरिवाना गरिनेछ । काठमाडौं उपत्यकाका स्थानीय तहबाट दैनिक १२ सय टन फोहर निस्कन्छ तीमध्ये काठमाडौं महानगरबाट मात्रै दैनिक ५१६ टन फोहर निस्कन्छ ।