एसईई परीक्षाको नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी

एसईई परीक्षाको नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी


ग्लोब नेपाल
1.5k
Shares

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

गत वैशाख ९ गतेदेखि २० गतेसम्म भएको एसईई परीक्षाको परीक्षाफल साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा १० को परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए ।

उनका अनुसार अहिले त्रुटी सच्याउनेलगायतका प्राविधिक काम भइरहेको छ । यस वर्ष देशभरका २ हजार ७ परीक्षा केन्द्रबाट ५ लाख १४ हजार ९ सय ७७ जना परीक्षार्थीले परीक्षा दिएका छन् ।