एक वर्षमा ६० फरार अभियुक्त पक्राउ

एक वर्षमा ६० फरार अभियुक्त पक्राउ


ग्लोब नेपाल
135
Shares

लम्जुङ । नेपाल प्रहरीले चालू आर्थिक वर्षमा ६० फरार अभियुक्तलाई पक्राउ गरेको छ। प्रहरी प्रमुख लमजुङका डिएसपी कृष्णबहादुर कार्कीका अनुसार पक्राउ परेका फरार अभियुक्तमध्ये ४५ जना पुरुष र १५ जना महिला छन्।

उनका अनुसार पक्राउ परेका सबैबाट कुल ३९ वर्ष तीन महिना नाै दिन कैद र एक करोड ३६ लाख १८ हजार नौ सय ९६ रुपैयाँ जरिवाना असुल गर्नुपर्ने छ । लमजुङ प्रहरीका अनुसार गत आव ०७७/७८ मा ४२ पुरुष र ११ महिला गरी ५३ फरार अभियुक्त पक्राउ परेका थिए ।

उनीहरूबाट तीन लाख ५३ हजार तीन सय ५० रुपैयाँ जरिवाना र १६ वर्ष ६ महिना तीन दिन कैद असुल गरेको थियो। पछिल्लो समयमा जिल्ला प्रहरी कार्यालय लमजुङले अभियान नै सञ्चालन गरेर फरार प्रतिवादी पक्राउ गर्दै आएको छ ।