थप १३५ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

थप १३५ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु


ग्लोब नेपाल
81
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा ३ हजार ४१ नमुनामा गरिएको परीक्षणमा थप १३५ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्‍ये १ हजार ४७३ जनाको पीसीआर परीक्षण गर्दा ११४ जना र १ हजार ५६८ जनाको एन्टिजेन परीक्षण गर्दा २१ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ४३९ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप ५९ जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६८ हजार १६ पुगेको मन्त्रालयले जनाएको छ । आइबार (आज) थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २२ हजार ३३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५३ पुगेको छ भने ९ लाख ६८ हजार १६ जना संक्रमणमुक्त भएका छन् ।