युक्रेनका सुरक्षा निकाय प्रमुख पदमुक्त

युक्रेनका सुरक्षा निकाय प्रमुख पदमुक्त

विद्रोहीलाई सहयोग गरेको आरोप



एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सुरक्षा निकायका प्रमुख र अभियोजक जनरललाई पदमुक्त गरेका छन् ।

सुरक्षा निकाय प्रमुख इभान बाकानोभ र अभियोजनकर्ता इर्ना भिनिडिकटोभालाई पदबाट निस्कासन गरिएको जानकारी राष्ट्रपति जेलेन्स्कीले भिडियो सम्बोधन मार्फत् दिएका हुन् ।

दुई शक्तिशाली संगठनमा रहेर उनीहरुले देशद्रोहका धेरै मुद्दाहरूमा सामेल भएको आरोप लगाउँदै जेलेन्स्कीले दुबैलाई बर्खास्त गरेका हुन् ।

रुसले कब्जामा लिएको क्षेत्रमा ६० भन्दा बढी पूर्व कर्मचारीहरु युक्रेन विरुद्ध काम गरिरहेको पनि जेलेन्स्कीको भनाइ छ ।