एकै दिन बाबु छोराको डिएसपीमा बढुवा सिफारिस

एकै दिन बाबु छोराको डिएसपीमा बढुवा सिफारिस


ग्लोब नेपाल
537.7k
Shares

काठमाडौं । नेपाल प्रहरीको निरीक्षक (इन्स्पेक्टर) पदबाट नायव उपरिक्षक (डिएसपी) मा बाबुछोरा नै बढुवा सिफारिसमा परेका छन् । गृहमन्त्रालयले हिजो सोमबार नायव उपरिक्षक पदमा बढुवा सिफारिस गरेका ३४ जना इन्स्पेन्टरको नाम सिफारिस गरेको थियो ।

यी ३४ जना इन्स्पेक्टरमध्ये जिल्ला प्रहरी कार्यालय पर्वतमा कार्यरत राजेन्द्र अधिकारी ३२ नम्बरमा र प्राविधिकतर्फ सिभिल इन्जिनियर ध्रुव अधिकारी एकै दिन बढुवा सिफारिसमा परेका हुन् । राजेन्द्र र ध्रुव बाबु छोरा हुन् । नेपाल प्रहरीको इतिहासमा सम्भवतः पहिलो पटक एकै दिन बाउ छोरा नै बढुवा सिफारिसमा परेका हुन् ।

माछापुच्छे« गाउँपालिका–४ लाहाचोक (साउथर) निवासी अधिकारी बाउछोरालाई वडाध्यक्ष मधुसुधन अधिकारीले बधाइ दिएका छन् ।