नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुवुदुले दिए राजीनामा

नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुवुदुले दिए राजीनामा


ग्लोब नेपाल
1.4k
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दशानायाकेले राजीनामा दिएका छन् ।

पुबुदुले बुधबार व्यक्तिगत कारण देखाउदै मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका हुन् । पुबुदुले नेपाल क्रिकेट संघ क्यानसँग नेपाल टिममा दोस्रो कार्यकालका लागि गत मंसिरमा दुई वर्षे सम्झौता गरेका थिए । राष्ट्रिय टिमको पछिल्लो प्रदर्शन निरन्तर खस्किँदा पुबुदुले पद छाड्ने घोषणा गरेका हुन् । उनले एक साताअघि नै मेलमार्फत क्यानलाई राजीनामा पत्र बुझाएका थिए ।राजीनामापत्रमा उनले व्यक्तिगत कारण भनेका छन् ।

बुधबार पत्रकार सम्मेलन गरी उनले पद छाडेको जानकारी गराएका हुन् । श्रीलंकाली पूर्वक्रिकेटर दासानायके गत मंसिरमा दोस्रोपटक नेपाली क्रिकेट टिमको प्रशिक्षक नियुक्त भएका थिए । तर, उनले जिम्मेवारी सम्हालेयता नेपाली टिमले सन्तोषजनक प्रदर्शन गर्न सकेको छैन । हालै लिग २ क्रिकेटअन्तर्गत स्कटल्यान्ड भ्रमणमा नेपालले खराब प्रदर्शन गरेको थियो ।

यस भ्रमणमा नेपालले नामिबियाविरुद्ध दुवै खेलमा हार व्यहोरोको थियो भने स्कटल्यान्डविरुद्ध एक हार र एक जितको मिश्रित नतिजा निकालेको थियो । अपेक्षित प्रदर्शन गर्न नसकेपछि नेपालको एकदिवसीय स्टाटस कायम राख्न समस्या पर्ने देखिएको छ । यस्तै, २०२३ को विश्वकप खेल्ने नेपालको सपना पनि चुनौतिपूर्ण बनेको छ ।