नेपाली क्रिकेट टिमबाट राजीनामा दिएका पुबुदु क्यानडाको प्रशिक्षक नियुक्त

नेपाली क्रिकेट टिमबाट राजीनामा दिएका पुबुदु क्यानडाको प्रशिक्षक नियुक्त


ग्लोब नेपाल
81
Shares

काठमाडौं । नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु दशानायकेले क्यानडाको राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

व्यक्तिगत कारण नेपाली राष्ट्रिय टोलीको प्रशिक्षक पद छोडेको बताएका पुबुदु क्यानडा राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । क्रिकेट क्यानडाले आधिकारिक फेसबुक पेजमा पुबुदु प्रमुख प्रशिक्षक नियुक्त भएको भन्दै बधाई दिएको छ ।

नेपाल क्रिकेट संघ क्यानसँग नेपाल टिममा दोस्रो कार्यकालका लागि गत मंसिरमा दुई वर्षे सम्झौता गरेका उनले बुधबार पत्रकार सम्मेलन गरी उनले पद छाडेको जानकारी दिएका हुन्। उनले राजीनामाको घोषणा गरे लगत्तै क्रिकेट क्यानडाले उनी प्रमुख प्रशिक्षक नियुक्त भएको घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै पुबुदुले आफु व्यक्तिगत कारण नेपाली टिम छाडेको र टिम छाड्दा दुखी भएको बताएका थिए ।