‘त्यहाँ को भित्र आयो, को गयो ?’

‘त्यहाँ को भित्र आयो, को गयो ?’


ग्लोब नेपाल
324
Shares

काठमाडौं। तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रालयमा अनाधिकृत व्यक्तिको घुसपैठ नभएको जिकिर गरेका छन् । संसदीय समितिमा बयान दिन सिंहदरबार पुगेका तत्कालीन अर्थमन्त्री शर्माले अर्थमन्त्रालयमा बाहिरको मान्छे पस्ने कुनै सम्भावना नरहेको दाबी गरेका हुन् ।

बाहिरको मान्छे पसे सजिलै थाहा हुने बताए । उनले छानबिन समितिमा बयान दिँदै भने, ‘त्यहाँ को भित्र आयो, को गयो’ भन्ने कुरा सजिलै थाहा हुनसक्छ । त्यहाँ सुरक्षाकर्मीहरू हुन्छन् अरू मर्यादापलकहरु हुन्छन् । बाहिरको मान्छे पस्ने कुनै सम्भावना छैन । पसेको भएको थाहा भइल्थियो ।’