अत्यधिक गर्मीले स्पेन र पोर्चुगलमा १५ सय बढीको मृत्यु

अत्यधिक गर्मीले स्पेन र पोर्चुगलमा १५ सय बढीको मृत्यु


ग्लोब नेपाल
189
Shares

लन्डन । युरोपेली देशहरु उच्च तापक्रम वृद्धिको चपेटामा छन् । जसका कारण तातो हावा र वन डढेलोका घटना बढेका छन् । उच्च तापक्रम वृद्धिसँगै चलेको तातो हावाका कारण स्पेन र पोर्चुगलमा मात्रै विगत केही दिनमा १ हजार ५ सय जनाभन्दा बढीको मृत्यु भएको छ ।

पोर्चुगलमा अत्यधिक उच्च तापक्रमका कारण १ हजार जनाभन्दा बढीको मृत्यु भएको बताइएको छ । यसै गरी स्पेनमा पनि अत्यधिक गर्मीकै कारण ५ सय जनाभन्दा बढीको मृत्यु भएको जनाइएको छ । गर्मी बढेसँगै जङ्गलमा लागेको डढेलो युरोपभरि फैलिएको छ । बढ्दो गर्मीको लहरले खडेरीको अवस्थालाई झन् तीव्र बनाएको छ ।

फ्रान्स र बेलायतमा तापक्रम वृद्धि केही कम मात्रामा भए पनि ग्रीस, स्पेन र इटालीमा अग्नि नियन्त्रकहरूलाई आगो निभाउन हम्मे हम्मे परिरहेको छ ।