झलनाथ खनालको प्रश्नः क्याबिनेटभन्दा बाहिर कार्यकारी अधिकार कहाँ छ ?

झलनाथ खनालको प्रश्नः क्याबिनेटभन्दा बाहिर कार्यकारी अधिकार कहाँ छ ?


ग्लोब नेपाल
648
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा सांसद झलनाथ खनालले अमेरिकी स्टेट पाटर्नरसीप प्रोग्राम (एपीपी) मा सहभागी नहुने भनेर अझैसम्म पत्र नपठाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले एसपीपी लिन्नौं भनेर अमेरिकालाई किन पत्र लेख्न नसकेको भन्दै सरकारप्रति प्रश्न समेत गरेका छन् ।

खनालले २२ असारमा मन्त्रिपरिषद्ले निर्णय गरेपनि अझैसम्म पत्राचार नभएको बताए । ‘एसपीपी लिन्नौं भनेको महिनौं भइसक्दा पनि पत्र लेख्न किन सकिएन ?’, उनले भने, ‘देशको क्याबिनेटभन्दा बाहिर कार्यकारी अधिकार कता छ ? के कारणले रोकिएको रहेछ ? यो कुरालाई गम्भीरतापूर्वक लिइयोस् ।’

यो विषयलाई चाँडोभन्दा चाँडो समाधान गरेर राष्ट्रिय भावनाको प्रतिनिधित्व गर्न खनालले सरकार र प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।