एन आई सी एशिया बैंक २५ औं वर्षमा प्रवेश

एन आई सी एशिया बैंक २५ औं वर्षमा प्रवेश


ग्लोब नेपाल
459
Shares

काठमाडौं । एन आई सी एशिया बैंक २५ औं वर्षमा प्रवेश गरेको छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले एक विज्ञप्ति जारी गर्दै २५ औं वर्षमा प्रवेश गरेको अवसरमा रजत जयन्ती मनाउन लागिएको बताएका छन् ।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘२५ वर्षअघि आजकै दिन सम्पूर्ण सरोकारवालाहरूको पहिलो रोजाइको बैंक बन्ने दृढ संकल्पका साथ शुरू भएको हाम्रो अतुलनीय सहयात्राको फलस्वरूप देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै हामी रजत जयन्ती मनाउन गइरहेका छौं ।’

बैंककले आगामी दिनमा अझ विश्वस्तरिय अत्याधुनिक प्रविधिमैत्री सुविधाहरु प्रदान गर्दै सबै सरोकारवालाहरुको पहिलो रोजाइको बैंक बन्ने अठोट पनि लिएको छ । ‘नेपालको वित्तीय क्षेत्रमा आज हामी जहाँ छौं, जे छौं र जस्तो आकारका छौं त्यसको सम्पूर्ण श्रेय यहाँहरूलाई नै जान्छ । साथै आगामी दिनहरुमा अझ विश्वस्तरिय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ्ग सेवा एवम् सुविधाहरु प्रदान गर्दै सबै सरोकारवालाहरुको पहिलो रोजाइको बैंक बन्ने अठोट गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

देशभरका शाखा कार्यालयहरु मार्फत लाखौं ग्राहकहरूलाई गतिशील बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एन आई सी एशिया बैंकले गत आर्थिक वर्षको चौथो त्रयमासको अपरिष्कृत वित्तीय विवरण पनि प्रकाशन गरेको जनाएको छ ।

हेर्नुहोस् विज्ञप्तिः