आज प्रतिनिधि सभा बैठकबाट नागरिकता विधेयक पारित गर्ने तयारी

आज प्रतिनिधि सभा बैठकबाट नागरिकता विधेयक पारित गर्ने तयारी


ग्लोब नेपाल
648
Shares

काठमाडौं । सरकारले शुक्रबार (आज) नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित गर्ने भएको छ।

संसद् सचिवालयले आज बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक गर्दै विधेयक पारित हुने जनाएको छ। आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन)धेयक, २०७९ माथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। त्यसपछि विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ।

त्यसपछि गृहमन्त्री खाडले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियो भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

अघिल्लो सरकारले ल्याएको नागरिकता विधेयक साढे तीन वर्षपछि फिर्ता लिएर सरकारले अर्को विधेयक संसदमा लगेको हो। यो विधेयक संसदीय समितिमा नपठाई संसदबाटै पारित गर्ने सरकारको तयारी छ।

यस्तै शुक्रबारको बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको कारागार विधेयक २०७६ माथि छलफल गरी पारित गर्ने सरकारको तयारी छ।