प्रेस युनियनको अध्यक्ष पदको उम्मेदवारी दस्तुर ३० हजार

प्रेस युनियनको अध्यक्ष पदको उम्मेदवारी दस्तुर ३० हजार


ग्लोब नेपाल
54
Shares

हेटौंडा । नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन सुरु भएको छ । हेटौँडामा अहिले उद्घाटनसत्र चलिरहेको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस महामन्त्री गगन थापासहित शीर्ष नेता उद्घाटनसत्रमा सहभागी छन् । 

प्रेस युनियन निर्वाचन समितिका अनुसार अध्यक्षको उम्मेदवारले ३० हजार दस्तुर बुझाउनुपर्नेछ । वरिष्ठ उपाध्यक्षले २५ हजार, उपाध्यक्षले २० हजार, महासचिवले २५ हजार, उपमहाचिवले २० हजार, सचिवले २० हजार, कोषाध्यक्षले २० हजार, केन्द्रीय सदस्यले १५ हजार, केन्द्रीय लेखा समिति संयोजकले २० हजार र केन्द्रीय लेखा समिति सदस्य उम्मेदवारले मनोनयन दस्तुर बुझाउनुपर्ने निर्वाचन समिति संयोजक एगराज पोखरेलले जानकारी दिए ।