सेयर धितो कर्जामा ४ करोडको सीमा हट्यो, अब १२ करोडभन्दा बढी नपाइने

सेयर धितो कर्जामा ४ करोडको सीमा हट्यो, अब १२ करोडभन्दा बढी नपाइने


ग्लोब नेपाल
216
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा लगाएको प्रतिव्यक्ति प्रतिबैंकको सीमामा संशोधन गरेको छ । तर, कुल १२ कोडको सिमा भने थथावत राखेको छ।

शुक्रवार चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यसअघि कायम सेयर धितो कर्जामा गरिएको ४र१२ को सीमामा सामान्य हेरफेर गर्दै १२ करोडमात्रै कायम गरिएको बताएका हुन् ।

अर्थात् यसअघि सेयर धितो राखी एउटा संस्थाबाट ४ करोड र समग्र संस्थाबाट अधिकतम १२ करोड रूपैयाँ ऋण पाइनेमा त्यसलाई संशोधन गर्दै एउटा वा समग्र संस्थाबाट अधिकतम १२ करोड ऋण पाइने व्यवस्था गरिएको हो ।

मौद्रिक नीतिले सेयर कर्जा नीति परिवर्तन गरेर केही राहत दिएको छ। सेयर ब्रोकरमार्फत नियमित र व्यवस्थित हुँदै गएपछि यस्तो मार्जिनसम्बन्धी व्यवस्था हटाइने गभर्नर अधिकारीले बताए।