कर्जा विस्तारमा कडाइ, १२.६ प्रतिशतमा सीमित गर्ने राष्ट्र बैंकको लक्ष्य

कर्जा विस्तारमा कडाइ, १२.६ प्रतिशतमा सीमित गर्ने राष्ट्र बैंकको लक्ष्य


ग्लोब नेपाल
135
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० मा कर्जा विस्तारमा कडाई गर्ने भएको छ ।

केन्द्रीय बैंकले शुक्रबार आब २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै निजी क्षेत्रतर्फको कर्जा विस्तार १२.६ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिएको छ । कर्जा विस्तार उच्च हुँदा बढेको आयातले व्यापार घाटासँगै शोधनान्तर स्थिति र विदेशी विनिमय सञ्चितिमा दवाब बढ्दा राष्ट्र बैंकले कर्जा विस्तारलाई नियनत्रण गर्न खोजेको हो ।

अघिल्लो आवमा लक्ष्यभन्दा ३ प्रतिशत कम अर्थात् १६ प्रतिशत कर्जा विस्तार भएको थियो । चालू आवमा उत्पादनमूलक क्षेत्रलाई लक्षित गरेर कर्जा विस्तार गरिने राष्ट्र बैंकको मौद्रिक नीतिमा उल्लेख छ ।