एकैदिन थप थप ४५६ जनामा कोरोना संक्रमण पुष्टि

एकैदिन थप थप ४५६ जनामा कोरोना संक्रमण पुष्टि


ग्लोब नेपाल
0
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ४५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार तीन जार ८३८ परीक्षणमा ४५६ जनामा संक्रमण पुष्टि भएको हो । दुई हजार १६८ पीसीआर परीक्षणमा ३८४ र एक हजार ६७० एन्टिजेन परीक्षणमा ७२ जना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ८० जना कोरोना भइरस संक्रमणमुक्त भएका छन् ।देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या दुई हजार ८४१ पुगेको छ।

देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या दुई हजार ८४१ पुगेको पनि मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये दुई हजार ७०८ जना होम आइसोलेसनमा छन् भने १३३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । तीमध्ये २२ जना आइसोलेसनमा रहेका छन् ।