नेपाल प्रेस युनियनमा एक उपाध्यक्ष र ३ सचिव निर्विरोध, अन्य पदमा मतदान हुँदै

नेपाल प्रेस युनियनमा एक उपाध्यक्ष र ३ सचिव निर्विरोध, अन्य पदमा मतदान हुँदै


ग्लोब नेपाल
54
Shares

हेटौडा । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनमा एक उपाध्यक्ष र तीन जना सचिवसहित जना निर्विरोध निर्वाचित भएका छन्।

समावेशी उपाध्यक्षमा दीपेन्द्र वान्तवा निर्विरोध निर्वाचित भएका छन्, भने थारु सचिवमा सहदेव चौधरी, अनलाइन सचिवमा छाँया भण्डारी र टेलिभिजन सचिवमा अशोककुमार तिवारी निर्विरोध निर्वाचित भएका हुन् । यस्तै, महिला सदस्यमा पूजा शर्मा र सिर्जनाकुमारी गौतम निर्विरोध निर्वाचित भएका छन् । खस आर्य महिला केन्द्रीय सदस्यमा बालिका सिवाकोटी र जेविका कार्की, थारुतर्फ लक्ष्मीमान थारु, थारु महिला सदस्यमा अञ्जना थारु, मधेशी महिलामा सुधा देव पनि निर्विरोध भए ।

आदिवासी जनजातितर्फ छविलाल माल, निमा लामा र सुवासकुमार सुनुवार, आदिवासी महिलातर्फ रीता मगर, दलित महिलातर्फ फूलमाया सुनार, लैंगिक अल्पसंख्यकमा नारद कोहार, अपाङ्गता कोटामा कौरव खत्री चयन भएका छन् ।

बागमती प्रदेशबाट महिलातर्फ आत्मा गुरागाईं र रमा लुइटेल, गण्डकीबाट कृष्णकुमारी ढकाल र मायाकुमारी अधिकारी, सुदूरपश्चिमबाट जमुना न्यूरे र निर्मला भट्ट, काठमाडौं उपत्यकाबाट तेजना पण्डित पनि निर्विरोध चयन भएका छन् ।

अध्यक्षसहित अन्य पदका लागि भने आज मतदान हुँदै छ । अध्यक्षका लागि अनिता विन्दु, शिव लम्साल र भुवन भट्टबीच प्रतिस्पर्धा हुँदैछ । यस्तै, वरिष्ठ उपाध्यक्षमा प्रेम केसी र सरोज अधिकारी रहेका छन् भने महासचिवमा जगन्नाथ दुलाल र दिलीप पौडेलले उम्मेदवारी दिएका छन्