नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध

नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध


ग्लोब नेपाल
27
Shares

चितवन । नारायणगढ मुग्लिन सडकखण्ड पहिरो झरेर अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार बिहान चितवन इच्छाकामना गाउँपालिका ५ को खहरेखोला भन्ने स्थानमा ढुङगा र माटोसहितको आएर पहिरो आएर पहिरोले सडक दुईतर्फी नै अवरुद्ध छ ।

सडक खुलाउने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रविन विष्टले जानकारी दिए । सडक अवरुद्ध भएपछि नारायणगढतर्फ आउने र काठमाडौं पोखरातर्फ जाने सवारीसाधनबीच बाटोमा नै रोकिएका छन्।