झलनाथ खनालको प्रश्नः कांग्रेसलाई बहुमत दिलाउन हामीले किन गठबन्धन गर्ने ?

झलनाथ खनालको प्रश्नः कांग्रेसलाई बहुमत दिलाउन हामीले किन गठबन्धन गर्ने ?


ग्लोब नेपाल
1.6k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सम्मानजनक भूमिका नदिए आगामी निर्वाचनमा तालमेल नहुने स्पष्ट पारेका छन् ।

शनिबार पार्टी निकट नुवाकोट–काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता खनालले कुनै दललाई बहुमत प्राप्त हुने गरी तालमेल हुन नसक्ने बताए । कांग्रेसप्रति लक्षित गर्दै खनालले केही दलले बहुमत आउने गरी चुनावी तालमेलमा जाने निर्णय गरेको भन्दै कसैलाई बहुमत दिलाउन तालमेल नगर्ने स्पष्ट पारे ।

‘कोही हाम्रो बहुमत आउने गरीकन गठबन्धन गर्ने भन्दैछन् । के भनेको त्यो ? बहुमत एउटाको आउँछ भने किन गठबन्धन गर्न जान्छ कोही ?’, खनालले भने, ‘अरुलाई बहुमत दिनका लागि किन हामी गठबन्धनमा जाने ? केको लागि जाने ? दलाल बन्न ? पुच्छर बन्न ? जानु हुँदैन ।’

उनले स्थानीय तहमा जसलाई बोक्यो, उसैले आगामी निर्वाचनमा बहुमत ल्याए कम्युनिष्ट आन्दोलनको इतिहास समाप्त हुने तर्क गरे ।