महिला युरो: फ्रान्स पहिलो पटक सेमिफाइनलमा

महिला युरो: फ्रान्स पहिलो पटक सेमिफाइनलमा


ग्लोब नेपाल
81
Shares

काठमाडौं । फ्रान्स महिला युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति साबिक विजेता नेदरल्यान्डलाई अतिरिक्त समयमा १-० अन्तरले पराजित गर्दै फ्रान्स महिला युरो च्याम्पियनसिपमा पहिलो पटक सेमिफाइनल प्रवेश  गर्यो  । इभ पेरिसेटले खेलको १०२औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गरिन । 

फ्रान्सकी  दिआनीलाई नेदरल्यान्डकि डोमिनिक्वी जेन्सेनलाई बक्सभित्र फल गरेपछी रेफ्रीले पेनाल्टी दिएकी थियो । खेलमा नेदरल्यान्डले केही अवसर बनाएपनी फ्रान्स गोलरक्षकले बिफल पारेकी थिइन् । 

यो संगै महिला युरोको सेमिफाइनल समीकरण पूरा भएको छ । अब, फाइनल प्रवेशका लागि फ्रान्सले जर्मनीको सामना गर्नेछ । अर्को सेमिफाइनलमा स्विडेन र इंग्ल्यान्ड भिड्ने पक्का छ ।