प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


ग्लोब नेपाल
108
Shares

काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा कारागार विधेयक २०७८ पारित गर्ने सम्भावित कार्यसूची रहेकाे छ ।

२९ मंसिर २०७६ मा संसदमा दर्ता भएको यो विधेयकमा खुला कारागारको अवधारणा र कैदीबन्दीलाई प्रजननको अधिकार लगायतका विषय समेटिएको छ । यो विधेयकले कैदीबन्दीलाई बिहे र प्रजनन अधिकार दिने प्रावधानलाई पनि समेटेको छ । विधेयकको दफा २३ मा प्रजनन अधिकार सम्बन्धी व्यवस्था छ । बन्दीको प्रजनन अधिकार संरक्षण गर्ने प्रयोजनका लागि कारागार प्रशासकले उपयुक्त व्यवस्था गर्ने भनिएको छ ।

आजको बैठकको सम्भावित कार्यसूचीमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धी शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन पेश गर्ने र मदन भण्डारी विश्वविद्यालय विधेयक २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।