प्रेस युनियनको चुनाव: अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवमा इतर पक्षको अग्रता

प्रेस युनियनको चुनाव: अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवमा इतर पक्षको अग्रता


ग्लोब नेपाल
81
Shares

हेटौँडा । सत्तारुढ नेपाली कांग्रेसनिकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको नवौं महाधिवेशनको मतगणना जारी छ।

बागमती प्रदेशको राजधानी हेटौंडामा शनिबार (७ असार) भएको निर्वाचनको मत परिणाम आउने क्रम सुरु भएको छ। अहिलेसम्म ६ सय २ मतगणना हुँदा अध्यक्षमा संस्थापन पक्षबाट उम्मेदवारी दिएकी अनिता बिन्दुले २ सय ७१ मत प्राप्त गरेकी छिन्।

त्यस्तै, इतर समूहबाट अध्यक्षको उम्मेदवार बनेका शिव लम्सालले ३ सय २६ मत प्राप्त गरेका छन्। वरिष्ठ उपाध्यक्षमा संस्थापन पक्षका सरोज अधिकारीले २ सय ७८ मत ल्याउँदा इतर समूहका प्रेम केसी २ सय ९५ मत ल्याएका छन्।

महासचिवमा संस्थापन पक्षका उम्मेदवार जगन्नाथ दुलालले १ सय ९० र इतर समूहका दिलीप पौडेलले ३ सय ८० मत प्राप्त गरेका छन्।