धौलागिरी लघुवित्तले २४ साउनदेखि आईपीओ ल्याउने

धौलागिरी लघुवित्तले २४ साउनदेखि आईपीओ ल्याउने


ग्लोब नेपाल
54
Shares

काठमाडौं । धौलागिरी लघुवित्तले २४ साउनदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ३ करोड ३१ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गर्नेछ । योमध्ये १६ हजार ५५० कित्ता सामुहीक लगानी कोष र ५ हजार १५५ कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको छ ।
 
बाँकी ३ लाख ९ हजार २९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा २९ साउनसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा ७ भदौसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी कियर नेपालले लघुवित्तको आईपीओलाई ‘कियर एनपी डबल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । यो आईपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।