भक्तपुरको सल्लाघारीमा रुखले बस र स्कुटर किच्दा १६ जना घाइते

भक्तपुरको सल्लाघारीमा रुखले बस र स्कुटर किच्दा १६ जना घाइते


ग्लोब नेपाल
54
Shares

भक्तपुर । भक्तपुरको सल्लाघारीमा रुखले बस र स्कुटर किच्दा १६ जना गम्भीर घाइते भएका छन् ।

घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको भक्तपुरका प्रहरी प्रमुख शिवकुमार श्रेष्ठले जानकारी दिए । सल्लाघारी चोङा गणेशमा वनको रुख सडकमा ढल्दा ठिमीबाट भक्तपुर दुधपाटीतर्फ जाँदै गरेको बा २ ख ३५८४ नम्बरको बस र भक्तपुर दूधपाटीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई किचेको थियो ।

घाइतेहरुको इवामुरा अस्पताल, भक्तपुर अन्तर्राष्ट्रिय अस्पताल र मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।