भक्तपुरमा रुख ढलेर सवारी साधन किच्दा तीन जनाको मृत्यु

भक्तपुरमा रुख ढलेर सवारी साधन किच्दा तीन जनाको मृत्यु


ग्लोब नेपाल
27
Shares

भक्तपुर । भक्तपुरको सल्लाघारीमा सडक छेउको रूख ढलेर सवारीसाधनलाई किच्दा तीन जनाको मृत्यु भएको छ । सडकमा गुडिरहेको एउटा यात्रुबाहक मिनीबस र स्कुटरमाथि बज्रिदा तीन जनाको मृत्यु भएको हाे भने एक दर्जनभन्दा बढी घाइते भएका छन् ।

रुख ढलेर सडकमा गुडिरहेको यात्रुबाहक बसमा पर्दा गाडीमा रहेका दुई जनाको मृत्यु भएको हो भने स्कुटरलाई थिच्दा स्कुटरमा सवार एक जनाको मृत्यु भएको हो । ट्राफिक प्रहरी कार्यालय सल्लाघारी भक्तपुरका प्रमुख राजु कार्कीले घटनामा परेर तीन जनाको मृत्यु र एक दर्जनभन्दा बढी घाइते भएकाे बताए । उनका अनुसार मृतक र घाइतेहरूको नाम आउन बाँंकी नै छ ।

ठमाडौंबाट भक्तपुर आइरहेको बा २ ख ३५८४ नम्बरको मिनीबस र बा ६१ प ३९७८ को स्कुटरलाई ढलेको रुखले किचेको उनले बताए । उनका अनुसार गाडीमा सबै गरेर दुई दर्जनको संख्यामा यात्रुहरु थिए । पछाडिको भागमा किचिएकाले गाडीका चालक र सहचालक भने सकुशल रहेका उनले जनाए । घटनाबारे विस्तृत विवरण आउन बाँंकी नै छ । घटना आइतबार दिउँंसो १२ बजेतिर भएको हाे ।