कम्युनिस्ट पार्टीको सरकार भएकै बेला एमसीसी नेपाल भित्र्याइयो: माधव नेपाल

कम्युनिस्ट पार्टीको सरकार भएकै बेला एमसीसी नेपाल भित्र्याइयो: माधव नेपाल


ग्लोब नेपाल
378
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीकै प्रधानमन्त्री भएको बेला एमसीसी नेपाल भित्र्याएको दाबी गरेका छन् ।

एकीकृत सामजवादी निकट पुष्पलाल ज्ञान केन्द्रले राजधानीमा आयोजित विश्वको भू-राजनीतिक तनाव र नेपालको परिस्थिति कार्यक्रममा वक्ताको रुपमा बोल्दै नेपालले त्यस्तै उनले एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दे दक्षिणको प्रभावमा रहेको कांग्रेससँग रहेर एमसीसी पास गर्न लागेकोमा आफूहरूले रोकेको बताए ।

उनले पश्चिमा शक्ति र दक्षिणको प्रभावमा एमाले रहेको आरोप लगाए । नेपालले भने, ‘कम्युनिस्ट पार्टी कै प्रधानमन्त्री भएको बेला एमसीसी नेपाल भित्र्याइयो । पाँच दलीय गठबन्धनको हातमा सत्ता पुग्यो । र, एमसीसी यथास्थीतिमा पास हुन सक्दैन भन्ने हाम्रो माग थियो । र, अन्ततः सैन्य गठबन्धनसहितको एमसीसी मान्दैनौं भनेर व्याख्यात्मक घोषणासहित एमसीसी पास भएको हो।’

अध्यक्ष नेपालले एमाले र कांग्रेस मिलेर झण्डै एमसीसी एथास्थितिमा पारित गरेको टिप्पणी गरे । आफूहरुले व्याख्यात्मक टिप्पणीको अस्त्र अघि सारेर देशको खड्को टारेको उनको दाबी छ । उनले भने, ‘एमसीसी मात्र होइन, आइपीएसमा नै नेपाल जोडिने स्थिति आएको थियो । कम्युनिष्ट भनिएको एमाले र दक्षिण तथा पश्चिमी शक्तिको प्रभावमा रहेको नेपाली कांग्रेस मिलेर झण्डै यथास्थितिमा एमसीसी पारित गरेका थिए । तर, हामीले व्याख्यात्मक टिप्पणीबिना पारित गर्नु हुँदैन भनेर अडान लियौं ।’

अन्तर्राष्ट्रिय अभ्यासलाई समेत ध्यानमा राखेर आफूहरुले व्याख्यात्मक टिप्पणीको उपाय अघि सारेको नेपालले बताए । उनले थपे, ‘हामी कुनै पनि सैन्य गठवन्धन मान्दनौं भनेर हामी व्याख्यात्मक टिप्पणीमा घोषणा गरेका छौं । ३० दिनको सूचना दिनर कुनै पनि बेला नेपालले सम्झौताबाट ब्याक हुन सक्ने पनि उल्लेख भएको छ । यसले देशलाई ठूलो ढाडस दियो । जनताको भावना व्याख्यात्मक टिप्पणीमा प्रतिबिम्बित भएको छ ।’

नेपालले कम्युनिष्ट पार्टीकै सरकारको पालामा एसपीपी सम्झौता पनि गर्न खोजिएको नेपालको भनाइ छ ।