मौद्रिक नीतिपछि चम्कियो सेयर बजार, नेप्से परिसूचक ६१ अंकले वृद्धि

मौद्रिक नीतिपछि चम्कियो सेयर बजार, नेप्से परिसूचक ६१ अंकले वृद्धि


ग्लोब नेपाल
378
Shares

काठमाडौं । आइतबार (आज) सेयर बजार दोहोरो अंकले बढेको छ ।

मौद्रिक नीतिको पर्खाइमा रहेको बजार मौद्रिक नीति सार्वजनिक भएपछि नेप्से परिसूचक ६१ अंक बढीले बढेको छ। यसदिन नेप्से परिसूचक ६१.०५ अंकले बढेर २०७८.५१ विन्दुमा अडिएको छ। सेन्सेटिभ इन्डेक्स पनि १२.०९ अंकले वृद्धि भएर २९८.३३ विन्दुमा पुगेको छ।

सेयर धितो कर्जामा ४/१२ को सीमा लगाइएकोमा ४ लाई हटाइएको छ। सेयर लगानीकर्ताले अब एउटै बैंकबाट १२ करोड ऋण पाउने भएका छन्। यसअघि एउटा बैंकबाट ४ करोड मात्रै ऋण पाउने व्यवस्था थियो। नेप्से दोहोरो अंकले बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ। यसदिन २१९ कम्पनीको ६४ लाख २३ हजार १४६ कित्ता सेयर २ अर्ब ७३ करोड ९ लाख २७ हजार २९७ रुपैयाँमा कारोबार भएको छ।

तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स र मल्टिपर्पस फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेको हो। यस्तै, सात कम्पनीको सेयर मूल्य ९.६८ प्रतिशतसम्म बढ्यो।

कारोबा रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्षस्थानमा रह‍यो। सो कम्पनीको ३९ करोड ७१ लाख रुपैयाँ बढीको सेयर कारोबार भयो। नेपाल रिइन्स्योरेन्स कम्पनीको ६ करोड ८२ लाख बढीको सेयर कारोबार गरी दोस्रो स्थानमा रह्यो। कारोबारमा आएका १३ वटै समूहको सूचक उकालो लाग्यो।