कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, ३४७ जना संक्रमित थपिए

कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, ३४७ जना संक्रमित थपिए


ग्लोब नेपाल
108
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण (कोभिड-१९) को संक्रमणका कारण थप २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने देशभर थप ३४७ जना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार २४ घण्टामा ३ हजार ८८८ नमुना परीक्षण गर्दा ३४७ संक्रमित भएका हुन् । २ हजार ३६० पीसीआरमा ३०३ र १ हजार ५२८ एन्टिजेन परीक्षणमा ४४ जना संक्रमित फेला परेका छन् ।

२४ घण्टामा निको हुनेको संख्या ९५ रहेको छ । सोही अवधिमा ७८ हजार २२८ जनाले खोप लगाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार १७७ पुगेको पनि मन्त्रालयले जनाएको छ ।