सांसदहरु हाजिर गरेर हिँडेपछि प्रतिनिधि सभा बैठक स्थगित

सांसदहरु हाजिर गरेर हिँडेपछि प्रतिनिधि सभा बैठक स्थगित


ग्लोब नेपाल
81
Shares

काठमाडौं । सांसदहरू हाजिर गरेर घर हिँडेपछि गणपूरक संख्या नपुग्दा प्रतिनिधि सभा बैठक १५ मिनेटको लागि स्थगित भएको छ ।

गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि बैठक स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । कारागार विधेयकमाथिको छलफलपछि निर्णयार्थ प्रस्तुत गरिनुअघि सांसद प्रेम सुवालले गणपूरक संख्या एकीन गर्न माग गरेका थिए । यसपछि तीन मिनेट घण्टी बजाएर गणपूरक संख्या एकीन गर्दा अपूग देखिएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो ।

कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनुअघि एक चौथाइ सदस्य ६९ जना हुनुपर्नेमा बैठकमा ६७ जना उपस्थित रहेपछि बैठक स्थगित गरिएको हो ।