पाल्पामा बस दुर्घटना, ६ जनाको मृत्यु

पाल्पामा बस दुर्घटना, ६ जनाको मृत्यु


ग्लोब नेपाल
243
Shares

पाल्पा । पाल्पाको लघुवामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज ५९५२ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका-२ लघुवामा आइतबार बेलुकी ५ बजेतिर दुर्घटना भएको हो । बस सडकबाट करिब सय मिटर तल खसेको पाल्पा प्रहरीले जनाएको छ।

दुर्घटनामा ३ जना महिला र ३ जना पुरुषको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका इन्सपेक्टर वीरदत्त पन्तले जानकारी दिए । दुर्घटनामा १७ जना घाइतेलाई उद्धार गरी तानसेन पठाइएको छ ।

प्रहरी स्थानीयले उद्धारको काम गरिरहेका छन् । मृतक र घाइतेको संख्या अझ बढ्न सक्ने बताइएको छ ।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।