राप्रपा नेपालको पक्षमा सर्वोच्चको अन्तरिम आदेश, चुनावमा गाई चिह्न प्रयोग गर्न पाउने

राप्रपा नेपालको पक्षमा सर्वोच्चको अन्तरिम आदेश, चुनावमा गाई चिह्न प्रयोग गर्न पाउने


ग्लोब नेपाल
54
Shares

काठमाडौं । सर्वोच्च अदालतले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई निर्वाचन चिह्न गाई दिन नसकिने भनि निर्वाचन आयोगले गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीशद्वय आनन्द मोहन भट्टराई र कुमार चुँडालको संयुक्त इजलासले निर्णय कार्यान्वयन नगर्न र राप्रपा नेपाललाई गाई चुनाव चिन्ह प्रदान गर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको हो । यो आदेशसँगै राप्रपा नेपाललाई गाई चिह्न लिएर चुनावमा जान बाटो खुला भएको राप्रपा नेपालका महासचिव राजाराम बर्तौलाले जानकारी दिए ।

आयोगले देशको राष्ट्रिय जनावर र हिन्दू धर्मसँग जोडिएको हुँदा गाई चुनाव चिन्ह दिन अस्वीकार गरेको थियो । त्यसको विरुद्धमा राप्रपा नेपालका अध्यक्ष थापाले सर्वोच्चमा रिट हालेका थिए ।