प्रहरीले संसदीय छानबिन समितिलाई बुझायो सीसीटीभीको ‘फरेन्सिक रिपोर्ट’

प्रहरीले संसदीय छानबिन समितिलाई बुझायो सीसीटीभीको ‘फरेन्सिक रिपोर्ट’


ग्लोब नेपाल
432
Shares

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले आर्थिक वर्ष २०७९/८० को बजेट घोषणाको अघिल्लो दिन जेठ १४ गतेको सीसीटीभी फुटेजबारेको रिपोर्ट संसदीय छानबिन विशेष समितिलाई दिएको छ ।

स्रोतले दिएको जानकारी अनुसार प्रयोगशालाले सोमबार समितिलाई उक्त रिपोर्ट दिएको हो । सिलबन्द रहेको रिपोर्ट मंगलबार बिहान समितिको बैठकमा खोलिने स्रोतले बतायो । सिसिटिभी फुजेट माग्दा अर्थ मन्त्रालयले नदिएपछि समितिले हार्ड डिस्क नै झिकाएको थियो। झिकाएको हार्ड डिस्क डिलिट भएको भनिएको फुटेज रिकभरका लागि समितिले प्रहरीको फरेन्सिक ल्यावमा पठाएको थियो। प्रहरीको फरेन्सिक ल्यावले सोमबार समिति समक्ष रिपोर्ट उपलब्ध गराएको हो ।

बजेट सार्वजनिकको अघिल्लो रात मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दायरा हेरफेर गरेको आरोपपछि छानबिन गर्न संसदीय समिति गठनपछि शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए। सुरूमा १० दिनको म्याद दिइएको समितिलाई गत बिहीबार पुन: ७ दिनको म्याद थपिएको थियो । तर, समितिले सरोकारवालासँग बयान लिएपनि ठोस प्रमाण भने अहिलेसम्म भेटेको छैन ।

स्रोतका अनुसार अर्थ मन्त्रालयले उपलब्ध गराएको अपूरो सीसीटीभी फुटेज, मन्त्रालयका अधिकारीहरूका बयानले अनधिकृत व्यक्तिको प्रवेश पुष्टि नभएपछि समितिको आइतबारको बैठकमा एमाले सांसदहरूले कल डिटेल र लोकेसन ट्र्याकिङको प्रस्ताव गरेका थिए । त्यसमा सत्तारूढ दलका सांसदले आपत्ति जनाएका थिए ।