५ बर्षपछी पुनः जिल्ला शिक्षा कार्यालय र शिक्षा विभाग नै नामाकरण गर्ने सरकारको तयारी

५ बर्षपछी पुनः जिल्ला शिक्षा कार्यालय र शिक्षा विभाग नै नामाकरण गर्ने सरकारको तयारी


ग्लोब नेपाल
58.1k
Shares

काठमाडौँ । सरकारले शिक्षा तथा मानव स्रोत विकास केन्द्र र शिक्षा विकास तथा समन्वय एकाइको नाम परिवर्तन गर्ने तयारी गरेको छ।

स्रोतका अनुसार शिक्षा विभाग गठन भएको १९ बर्षपछी नाम परिवर्तन गरी केन्द्र बनाएको सरकारले फेरी ५ बर्षपछी पुरानै नामलाई नामाकरण गर्न लागेको हो। मन्त्रीपरिषद् बैठकले निर्णय गरे पुनः जिल्ला शिक्षा कार्यालय र शिक्षा विभाग नै नामकरण हुने भएको छ। नाम परिवर्तन गर्ने विषयमा शिक्षक महासंघसंग पनि सहमति गरिसकेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नाम परिवर्तनको प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा लाने शिक्षा मन्त्रीको सचिवालयले जनाएको छ।

शिक्षा विभाग गठन भएको १९ वर्षपछि सरकारले नाम परिवर्तन गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्र बनाएको थियो । मन्त्रालयको प्रस्तावमा २०७५ साल साउन १ गतेबाट तत्कालीन शिक्षा विभागको नाम परिवर्तन गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्र र जिल्ला शिक्षा कार्यालयको नाम शिक्षा विकास तथा समन्वय एकाइ नामाकरण गरिएको थियो।

शिक्षा विभागको नाम लामो भएको र प्रयोगमा ल्याउन पनि समस्या भएको त्यस्तै एकाइको नाम पनि जिल्ला शिक्षा कार्यालय नै राख्दा उपयुक्त हुने सुझाव आएकाले नाम परिवर्तनको प्रस्ताव लगिएको केन्द्रले जनाएको छ।