बेलायतमा नर्स पठाउने श्रम समझदारी गर्न मन्त्रिपरिषद‍्‍को स्वीकृति

बेलायतमा नर्स पठाउने श्रम समझदारी गर्न मन्त्रिपरिषद‍्‍को स्वीकृति

१० हजार जनशक्ति बेलायत पठाउन सकिने विश्वास


ग्लोब नेपाल
297
Shares

काठमाडौं । मन्त्रिपरिषद्‍ले बेलायतमा नर्स पठाउने गरी श्रम समझदारी गर्न स्वीकृति दिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई मन्त्रिपरिषद्‍ले श्रम स्वीकृति गर्न सक्ने गरी मस्यौदा समझदारीलाई स्वीकृत गरेको हो ।

मासिक अधिकतम् ४ लाख रुपैयाँसम्म तलब प्राप्त हुने गरी रोजगारीका लागि नेपाली नागरिक पठाउने प्रक्रियाबारे बेलायतसँग समझदारी हुन लागेको हो । श्रम समझदारीको मस्यौदा बनाउन गठित दुवै देशका प्रतिनिधि सम्मिलित समितिले अन्तिम मस्यौदा तयार गरेपछि मन्त्रिपरिषद् पुगेर प्रस्ताव पारित भएको हो ।

श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका अनुसार बेलायतले पहिलो चरणमा २–३ सय नर्सलाई आफ्नो देशमा रोजगारी दिन चाहेको छ । क्रमैसँग १० हजार जनशक्ति बेलायत पठाउन सकिने विश्वास श्रम मन्त्रालयको छ ।