पाँच बर्षिया बालिकालाई दूर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

पाँच बर्षिया बालिकालाई दूर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

नुहाउने क्रममा बालिकाले आमालाई गुप्ताङ्ग दुखेको बताएपछि शिक्षकले दूर्व्यवहार गरेको रहस्य खुलेको हो


ग्लोब नेपाल
432
Shares

दाङ । दाङमा विद्यार्थीलाई यौन दूर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । राप्ती गाउँपालिका-५ स्थित स्टार समिटमा कार्यरत ५० बर्षिय शिक्षक श्यामलाल चौधरीलाइ सोही विद्यालयमा अध्ययनरत् पाँच बर्षिया छात्रालाई दूर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

बालिकाले नुहाउने क्रममा आमालाइ गुप्ताङ्ग दुखेको बताएपछि शिक्षकले दूर्व्यवहार गरेको रहस्य खुलेको हो । अभिभावकको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय सिसहनियाले नियन्त्रणमा लिएको थियो । अभिभावकको किटानी जाहेरीका आधारमा शिक्षकमाथि छानवीन गरेर कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ ।