प्राथमिक तह शिक्षक लाईसेन्सको विज्ञापन किन हुदैन् ?

प्राथमिक तह शिक्षक लाईसेन्सको विज्ञापन किन हुदैन् ?


ग्लोब नेपाल
165.1k
Shares

काठमाडौं । शिक्षक सेवा आयोगले अबदेखि प्राथमिक तहको शिक्षक अध्यापन अनुमतिपत्र (शिक्षक लाईसेन्स)को विज्ञापन नगर्ने जनाएको छ ।

आयोग स्रोतकाअनुसार अबदेखि निम्नमाध्यामिक र माध्यामिक तहको मात्रै विज्ञान हुनेछ । कक्षा १ देखि ८ सम्म आधारभुत तह र कक्षा ९ देखि १२ सम्म माध्यामिक तहमा गरी दुई भागमा माध्यमिक शिक्षालाई विभाजन गरेर प्राथमिक तह नै हटाएकाले पनि अब प्राथमिक तह शिक्षक अध्यापन अनुमतिपत्रको विज्ञापन नगरिने भएको हो ।

‘कानुनीरुपमा पनि अधारभुत र माध्यामिक तह मात्रै छुट्याएकाले मावि र निमावि शिक्षक लाईसेन्सको विज्ञापन हुन्छ’, स्रोतले भन्यो, ‘प्राथमिक तह भन्ने नै कानुनमा छैन्, त्यसकारण अबदेखि प्रावि तहको विज्ञापन सम्भवत हुदैन् होला ।’