‘आइएमई पे’बाट उडान टिकटमा सर्वाधिक क्यासब्याक, थप २०० रुपैया पनि छुट !

‘आइएमई पे’बाट उडान टिकटमा सर्वाधिक क्यासब्याक, थप २०० रुपैया पनि छुट !


ग्लोब नेपाल
27
Shares

काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा ‘आइएमई पे’ ले हवाई उडान टिकटमा पुनः बोनस अफर ल्याएको छ ।

आइएमई ग्रुपले एक विज्ञप्ति निकाल्दै, यहीँ श्रावण ४ गतेदेखि पुनः बोनस अफर ल्याएको जनाएको छ । आइएमई ग्रुपका अनुसार पहिलो पटक ‘आइएमई पे’ एप प्रयोग गर्ने ग्राहक वा पहिलो पटक ‘आइएमई पे’ एपबाट हवाइ उडान टिकट काट्ने ग्राहकहरुले ‘आइएमई पे’ एप मार्फत हवाइ उडान टिकट काट्दा सर्वाधिक क्यासब्याकको साथै थप २०० रुयैयाँ बोनस पनि प्राप्त गर्ने गरी स्किम तयार गरिएको छ ।

पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने ग्राहकहरू वा पहिलो पटक आइएमई पे एपबाट हवाइ उडान टिकट काट्ने ग्राहकहरू मात्र यो स्किममा सहभागी हुन सक्ने पनि आइएमई ग्रुपले जनाएको छ ।

‘नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । “आइएमई पे” आइएमई ग्रुप डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली- २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो’, विज्ञप्तिमा भनिएको छ ।

‘आइएमई पे’ मोबाईल वालेटमार्फत सेवाग्राहीहरु आफैले अथवा एजेन्टहरुकोमार्फत विभिन्न किसिमको भुक्तानी गर्न सक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । आइएमई ग्रुपका अनुसार सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधा देखि लिएर विभिन्न विभिन्न घरायसि तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ ।

आइएमई ग्रुपले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ, ‘आइएमई पेले व्यक्ति-व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा स्कान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने र विभिन्न घरायसि तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ । यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुबिधा उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुबिधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढि ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ ।’