काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले सांसदहरुलाई अनिवार्य मास्क लगाउन निर्देशन दिएका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले कोरोना भाइरसको संक्रमण पुनः बढ्दै गएकाले अनिवार्य मास्क प्रयोग गर्न सांसदहरुलाई निर्देशन दिएका हुन् । बैठकमा सभामुख सापकोटाले भने, ‘कोभिड १९ को संक्रमण दर बढ्दै गइरहेको माननीय सदस्यहरुलाई विदितै छ । तसर्थ संसदका बैठकमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउन र मास्क प्रयोग गर्नुहुन म आग्रह गर्छु ।’
पछिल्लो समयमा दैनिक रूपमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । सोमबार मात्रै ५ सय ६८ जना कोरोना संक्रमित भेटिएका छन भने एक जनाको मृत्यु भएको थियो । पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमण बढ्दै गइरहेको छ । सोमबार काठमाडौं जिल्लामा मात्र २ सय ४२ जनामा संक्रमण पुष्टि भएको थियो ।


प्रतिक्रिया