स्थायी शिक्षकले आगामी भाद्र २९ गतेभित्र सम्पति विवरण बुझाई सक्नुपर्ने (पत्रसहित)

स्थायी शिक्षकले आगामी भाद्र २९ गतेभित्र सम्पति विवरण बुझाई सक्नुपर्ने (पत्रसहित)


ग्लोब नेपाल
1.5k
Shares

काठमाडौं । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय राष्ट्रिय किताबखाना (शिक्षक) ले आगामी भाद्र २९ गतेभित्र स्थायी शिक्षकहरुलाई सम्पति विवरण बुझाउन अनुरोध गरेको छ ।

किताबखानाले ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईलाई पत्रचार गर्दै आर्थिक वर्ष २०७८/०७९ को सम्पति विवरण बुझाउन स्थायी शिक्षकहरुलाई अनुरोध गरेको हो । पत्रमा भनिएको छ, ‘स्थायी शिक्षकहरुको आ.व. २०७८/०७९ को सम्पत्ति विवरण दर्ता गर्न व्यक्ति स्वयम्‌ (व्यत्तिगत रुपमा) राष्ट्रिय किताबखाना (शिक्षक) जानुनपर्ने गरी विद्यालयरस्थानीय तहले संकलन गरी सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाईहरूमा बुझाउने र इकाईहरूले जिल्लाका सबै विद्यालय शिक्षकहरूको एकमुष्ट जम्मा गरी २०७९ साल श्रावण १ गतेदेखि भाद्र २९ गतेभित्र अनिवार्य रुपमा राष्ट्रिय किताबखान(शिक्षक) मा प्राप्त हुने गरी छिटो हुने माध्यमबाट पठाउनुपर्नेछ ।’

यस्तै, विद्यालयमा कार्यरत करार, राहत शिक्षक, बाल विकास शिक्षक र विद्यालय कर्मचारीले सम्बन्धित स्थानीय तहमा नै सम्पति विवरण बुझाउनुपर्नेछ । ‘विद्यालयमा कार्यरत करार, राहत, बाल विकास शिक्षक, विद्यालय कर्मचारी आदिले आफू कार्यरत स्थानीय तहमा बुझाउनु पर्नेछ र स्थानीय तहले सो विवरण दर्ता गरी सुरक्षित राख्नु पर्नेछ । सम्पत्ति विवरण बुझाउने अन्तिम दिन
सार्वजनिक विदा परे सम्पत्ति विवरण दर्ता गर्ने प्रयोजनका लागि यस किताबखाना खुल्ला रहनेछ’, शिक्षा विकास तथा समन्वय इकाईलाई गरिएको पत्रचारमा भनिएको छ ।

हेर्नुहाेस् पत्र: