४५ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

४५ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो


ग्लोब नेपाल
189
Shares

काठमाडौं । दुई दिनसम्म निरन्तर बढेको सेयर बजार आज दोहोरो अंकले घटेको छ। गत शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्नु अगाडि घटेर बन्द भएको नेप्से मौद्रिक नीतिपछि आइतबार र सोमबार भने उच्च वृद्धि भएको थियो । सेयर कारोबारको तेस्रो दिन आज भने नेप्से परिसूचक ४४.८० अंकले घटेको हो।

आज नेप्से ४४.८० अंकले घटेर २०८८.१६ विन्दुमा पुगेको छ। नेप्से ओरालो लागेसँगै कारोबार रकम पनि घटेको छ।  यसदिन २२२ कम्पनीको ८७ लाख ४० हजार ५५१ कित्ता सेयर ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार ३९८ रुपैयाँमा कारोबार भयो। सोमबार ४ अर्ब १० करोड ६८ लाख १८ हजार ९४१ रुपैयाँमा खरिदबिक्री भएको थियो। आज कारोबारमा आएका सबै समूहको सूचक घटेको छ। यसदिन कुनै पनि कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेन। 

मंगलबार पनि १९ करोड ३६ लाख ६७ हजार २६० रुपैयाँको कारोबार हुँदा शिवम् सिमेन्ट्स अग्रस्थानमा रह्यो। आज सेयरबजारमा गणपति लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। यसको मूल्य आज ६.८२ प्रतिशतले घटेको छ।